१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न बजेटको आकार र जनशक्ति बढाउनुपर्छ : खानेपानी शाखा प्रमुख साह


1.586k
Shares

काठमाडौं । बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका मधेश प्रेदश अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९.२९ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएको छ ।

बारागढी गाउँपालिकामा कुनैबेला खानेपानी र सरसफाइ दुवैको अभाव थियो । गाउँभरिका मानिसहरु कुवाबाट पानी बोकेरै पुर्‍याउँथे । त्यसपछि गाउँलेकै आग्रहमा मधेस प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको लगानीमा खानेपानीका संरचना बने । तर पानी आउन हुन सकेन । त्यसपछि गाउँलेले फेरि युनिसेफ नेपाललाई गुहारे।

युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा घरघरै धारा निर्माण भए । अहिले खानेपानीको दुःख हट्ने क्रममा रहेकाे छ । गाउँपालिकाकाे खानेपानी शाखा तथा युनिसेफ नेपाललको पहलमा निरन्तर रुपमा पालिमा विभिन्न कार्यक्रममार्फत सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै अनुदानमा शौचालय तथा खानेपानीका धारा निर्माण भएका छन् ।

खानेपानी शाखाले विकास निर्माणको अन्य क्षेत्रमा जस्तै खानेपानी र सरसफाइमा पनि आवधिक लक्ष्य निर्धारण गरी ती लक्ष्य परिपूर्तिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विकास साझेदार र युनिसेफ नेपाललले लक्ष्य प्राप्तिको लागि सघाइरहेका छन ।

खानेपानी शाखाले यत्तिबेला आफैँले बनाएको योजना कार्यान्वयनका लागि तीव्र गतिमा लागिरहेको छ । यसको परिपूर्तिको अवस्थाका विषयमा खानेपानी शाखा प्रमुख उपेन्द्र प्रसाद प्रमुख साहसँग गरेकाे कुराकानीकाे सम्पादित अश:

बारागढी गाउँपालिकाकाे खानेपानी शाखामार्फत खानेपानी तथा सरसफाईसँग सम्बन्धित के–कस्ता योजनाहरु सञ्चालनमा रहेका छन् ?

गत वर्षदेखि हालसम्मको बारागढी गाउँपालिका र युनिसेफको सहयोगमा खानेपानी तथा संस्था समुदाय घोषणाको कार्यक्रम चलिरहेको छ। अहिले ६ वडा मध्ये ४ वटा वडालाई सुरक्षित खानेपानी समुदाय यहि चैत्र १३ गते घोषण गर्न लगिरहेको छौै । यी समुदायमा हामीले दलित तथा विपन्नवर्गका समुदायमा काम गरिरहेका छौँ । हामीले काम गरेको यस ठाउँमा सुरुमा खानेपानीका क्षेत्रमा धेरै समस्या रहेको थियो । गाउँपालिका तथा युनिसेफद्वारा खानेपानी सरसफाई र स्वच्छताका सुविधा तथा व्यवहारमा स्तरउन्नति लगायतका काम गर्दै आएका छौँ । हामीले गरेका कामबाट गाउँपालिकामा थुप्रै परिवर्तन भएको छ ।

गाउँपालिकाका सबै वडामा विभिन्न खालका खानेपानी आयोजनाहरु निर्माण गरिरहेका छौं । जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाहरु जुन चाहिं पम्पिङ, प्रत्येक घरमा ह्यान्ड पम्प धारा जडान, ट्यालेट निर्माण, ट्यालेट समाग्री, बाल्टिन, डस्बिन, साबुन,ब्रस, बालमैत्री ट्यालेट निर्माण लगायत प्रत्यक शुक्रबार सरसफाईका कार्यक्रम निरन्तर रुपमा गरिरहेको छौ । विद्यालयमा अनुगमन गरिरहेको छौ ।

त्यसैगरी गुणस्तर सुधार आयोजना अन्तर्गत चाहिं पुराना आयोजनाहरु, जुन सञ्चालनमा आएका तर पानीको गुणस्तर सुधार गर्नुपर्ने आयोजनाहरुमा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत ट्रिटमेन्ट प्लान्टहरु बनाएर त्यसको क्वालिटी इम्प्रुभ्मेन्ट गर्ने कार्यक्रम गरिरहेका छौ । अर्को चाहिं ढल प्रशोधन आयोजनाहरु पनि सञ्चालित छन् । ढलका आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् ।सुरक्षित खानेपानी (मध्यम तथा उच्च गुणस्तर) उपलब्ध गराउने गाउँपालिकाको आवधिक लक्ष्य पूरा भइरहेकाे छ।

खानेपानीको गुणस्तर सुधारका लागि गाउँपालिका के गरिरहेकाे छ ?

गाउँपालिकाको आवधिक लक्ष्य पूरा हुने अवस्थामा छ, हामीलाई गाउँपालिका र विशेष धन्यवादको पात्र युनिसेफ नेपाल रहेको छ । हामी हातेमालो गर्दौ अगाडि बढिरहेको छौ । स्वच्छ, सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्ने सोचका साथ सबैलाई आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य लिएका छौ जुन हिजोको दिनभन्दा आजका दिनमा विस्तारै पुरा हुँदैछन् ।

मलै अघि नै भने हामी खानेपानीको गुणस्तर सुधारका लागि नै लागेको हौ । सुधार हुँदैछ। यो एकै पटक हुने कुरा होइन । जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाहरु जुन चाहिं पम्पिङ, प्रत्येक घरमा ह्यान्ड पम्प धारा जडान, ट्यालेट निर्माण, ट्यालेट समाग्री, बाल्टिन, डस्बिन, साबुन,ब्रस, बालमैत्री ट्यालेट निर्माण लगायतका कार्यक्रमहरु गरिरहेका छाैँ ।

सबै स्थानीयलाई खानेपानी उपलब्ध गराउनका लागि यत्ति धेरै प्रयास भए पनि सरकारले राखेको लक्ष्य चाहिं हासिल हुन सकिरहेको छैन । किन होला यस्ताे ?

सरकारको लक्ष्यमा टेकेर हामी काम गरिरहेका छौ । हामी प्रयासमा छौ । एकै पटक सरकारको लक्ष्य पुरा हुँदैन । यस क्षेत्रलाई प्राथमिकतामा राखेर केही थप स्रोत साधन परिचालन गर्ने हो, भने लगभग लक्ष्य प्राप्त गर्न सक्छौं । यसको लागि तीनै तहको सरकारको संयुक्त प्रयास र पहल जरुरी छ । साथै गैरसरकारी निकाय, उपभोक्ता समिति, नागरिक समाज, सेवा प्रदायकहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

खानेपानी र सरसफाइ क्षेत्रमा गाउँपालिका खानेपानी शाखाले राखेको लक्ष्य प्राप्तिको अवस्था कस्तो छ ? खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न बजेटको आकार र जनशक्ति बढाउनुपर्छ ?

लक्ष्य अनुसारको उपलब्धि हासिल गर्नको लागि खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट कम नै हो। बजेट हाम्रोमा शुन्य आउने गरेको छ । खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न बजेटको आकार र जनशक्ति बढाउनुपर्छ अनि मात्र सोचे जस्तै समयमै योजनाहरु सकिन्छन्।

२०३० सम्ममा हाम्रो लक्ष्य गाउँपालिकाका स्थानीयलाई स्वस्थ पानि खुवाउने रहेको छ । यसरी हेर्दा लक्ष्य हासिल हुन नसक्ने भन्ने त होइन तर कठिन भने पक्कै छ । खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने विषय नागरिकको मौलिक हक अन्तर्गत राखिने, दिगो विकास लक्ष्य एवं आवधिक लक्ष्यमा प्राथमिकता साथ राखिने तर कार्यक्रम र बजेट विनियोजन पर्याप्त उपलब्ध नहुनु नै लक्ष्य प्राप्त गर्न नसक्नुको मुख्य चुनौती हो । यस क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निभाइरहेको गाउँपालिका तथा युनिसेफले कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रको लागि आवश्यक पर्ने बजेट र जनशक्ति लगायतका स्रोत साधन परिचालन गर्ने हो भने लक्ष्य भेट्टाउन अवश्य सक्छौं ।

लक्ष्य भेट्टाउनै नसकिने त होइन तर यही गतिले लक्ष्य पूरा हुने स्थिति पनि देखिदैन । लक्ष्य नै त्यस्तो महत्वकाँक्षी थियो कि कसो ?

उक्त आवधिक योजनाका लक्ष्यहरु हेर्दा प्राप्त गर्न सकिने नै देखिन्छ । त्यस्तो महत्वकांक्षी पनि होइन । तर कोभिड–१९ ले गर्दा भएको आर्थिक मन्दी, महाभूकम्पको पुननिर्माण कार्य, पटक-पटक परिवर्तन भईरहेको मन्त्रालयको राजनैतिक नेतृत्व र यसको कारणबाट कर्मचारीतन्त्रमा परेको असर/प्रभाव आदिको कारणले गर्दा पनि लक्ष्य हासिल गर्न जत्ति महत्व पाउनुपर्ने हो त्यत्ति नपाएकै अवस्था हो । आगामी दिनमा यी कुराहरु सुधार भई तीव्र प्रगति हुनेछ, यसको लागि सरोकारवाला सबैको साथ सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।

सरकासँग गाउँपालिका खानेपानी शाखाको गुनासो के छ ?

हामीले हाम्रो बारागढी गाउँपालिकाबाट खानेपानी मन्त्रीलाई हाम्रो गाउँपालिमा रहेको समस्याकासहितको पत्र उहाँलाई भेटेर दिएर आएको छौ । हाम्रो बारागढिमा ढल व्यबस्थान, फोहर व्यवस्थापन गरिदिएको भए हामीलाई अझै सुन्दर र व्यवस्थित बारागढी गाउँपालिका बनाउन सहज हुने थियो । आशा छ मन्त्री ज्युले हाम्रो गाउँपालिकाको समस्या समाधान गर्नु हुनेमा विश्वस्त छौँ ।

स्थानीयहरुले कतिको साथ र सहयोग गरिरहेको छन्? विगत ३ वर्षदेखि काम गरिरहनुभएको छ, खानेपानिको क्षेत्रमा कति परिवर्तन भएकाे छ ?

स्थानीयको भरपुर सहयोग साथै बारागढी गाउँपालिका युनिसेफ लगायत विभिन्न संस्थाले साथ र सहयोग गरिरहनु भएको छ । मैले विगतका दिनमा यस गाउँपालिकामा थुप्रै समस्या खानेपानी सरसफाई तथा चर्पिी लगायतमा थियो ।

हिजोको दिनमा यहाँका स्थानीय खुल्ला ठाउँमा चर्पी गर्ने सरसफाईमा ध्यान नदिने स्वच्छ पनि पिउनबाट बन्चित रहेका थियो जनचेतनाको कमी थियो । तर अहिले त्यस्तो छैन । प्रत्यको घरमा स्वच्छ पनि पिउनका लागी धारा जडान गरिएको छ त्यसैगरी ट्वाइलेटको निर्माण गरेका छन् । चेतनाको स्तरमा पनि परिवर्तन आएको छ ।

सुधार हुने क्रम निरन्तर जारी नै छ । खानेपानी तथा सरसफाइको प्राप्त सेवालाई सही किसिमले सदुपयोग गर्नुहुन म बारागढी गाउँपालिकाका स्तानिय सबैसँग हार्दिक अनुरोध गर्दछु।