३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


साताको नेप्से सुधारियो, कारोबार घट्यो


0
Shares

काठमाडौं, भदौ १६ । साताभर पुँजीबजारमा सामान्य सुधार आयो ।

साताको सेयर बजार परिसूचक नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ६ अंकले बढेर अन्तिम दिन ११ सय ८१ अंकमा पुग्यो । गत साता नेप्से १८ अंकले ओर्लिएको थियो ।

यो साता कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै साताको नेप्से सच्चिएको हो ।

यो साता कारोबार परिमाणमा भने गिरावट आयो । यो साता १८० कम्पनीहरुको ८० करोड ३० लाख रुपैयाँ बराबरका २५ लाख ४२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १८५ कम्पनीहरुको एक अर्ब १७ करोड ७५ लाख रुपैयाँ बराबरका ४४ लाख २१ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब ३२ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक, कारोबार भएको सेयर संख्याको आधारमा एनएमबि बैंक र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापकलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएमबि बैंक लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।