
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, भदौ १६ । हिन्दु मधेसी महिलाहरुले शनिबार कपिलवस्तुमा तिनछठ्ठी पर्व मनाएका छन् ।
जिल्ला सदरमुकाम तौलिहवासहित कृष्णानगर, बहादुरगन्ज, चन्द्रौटा, पकडी, लबनीमा मधेसी महिलाहरुले कुसको पातमा गाँठो पारी पूजा–आराधनासहित छोराको दीर्घायू र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
यसक्रममा महिलाहरुले निराहार ब्रत बसी धार्मिक कथाहरु श्रवण गर्दछन् ।
यस पर्वमा परासको पात, महुवाको पात, महुवा र दही राखी पूजा गर्ने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्