३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


राष्ट्रपतिसँग चिनियाँ राजदूतकाे भेट


247
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गर्नुभएको छ । आज उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गर्नुभएको हो ।

यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर.थम्पसनले भेट गर्नुभएको थियो ।