काठमाडाैं । बागमती प्रदेशसभाको बैठक चैत १० गतेका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी स्थगित गरिएको हो ।
प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिनुभयो ।
आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी यसबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने बताएको थियो ।
उता आज बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्