२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


देशका केही भू– भागमा चट्याङ्ग सहित वर्षाको सम्भावना


351
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।