१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


विदेशका श्रमिक अब सामाजिक सुरक्षामा


273
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका नेपालीलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन थालिएको छ ।

यसअघि स्वदेशकै औपचारिक क्षेत्रमा रोजगाररत श्रमिक तथा कर्मचारीमात्र कोषमा आबद्ध हुने प्रावधान रहेकोमा अब वैदेशिक रोजगारी तथा विदेशमा रहेको सबै सूचीकृत हुन सक्ने भएका हुन् ।

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिक तथा अन्य नेपालीलाई योजनामा आबद्ध गराउन यससँग सम्बन्धित अनलाइन प्रणालीको काम पुरा गरेको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अब सबै क्षेत्रमा कार्यरत श्रमिक योजनामा आबद्ध हुने बताए ।

कोषले वैदेशिक रोजगारी तथा विदेशमा रहेका नेपालीलाई योजनामा आबद्ध गराउन आफ्नो सफ्टवेयर प्रणालीलाई विदेशमा रोजगार विभागको प्रणाली (फेमिस) सँग जोडिसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।