Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


दलित-जनजाति प्रयाप्त हक र अधिकारबाट बञ्चित: मन्त्री मोदी


26
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले नपाएकाे बताउनुभएको छ।

मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संविधान सभामा नेकपा माओवादी केन्द्रले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक र अधिकार नपाएकाे उहाँकाे तर्क छ ।

मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताउनुभयो । उहाँले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गर्नुभयो ।

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको दावी गर्नुभयाे । प्रधानमन्त्री दाहाललाई नेपालको नेल्सन मण्डेलाको संज्ञा समेत उहाँले दिनुभयो ।