Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


‘धोकेबाज’ गीत कन्ट्रोभर्सिमा आएपछि गायक शिव परियारले दिए स्पष्टीकरण


31.8k
Shares

काठमाडौं । गायक शिव परियारले पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ कन्ट्रोभर्सिमा आएपछि स्पष्टीकरण दिएका छन्।

गायक परियारले मंगलबार समाजिक सञ्जाल फेसबुक मार्फत गीतकाे बारेमा एक विज्ञप्ति जारी गर्दै उक्त गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् । गायक परियारले गीतको आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की भएको र कुनै पनि गीतमा स्वर दिने गायक–गायिका नै उक्त गीतको आधिकारिक र ओरिजिनल गायक गायिका हुने कुरा विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

उनले लेखेका छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’

गीतको मेल भर्जन परियारले नै गाएका हुन । पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन हिट भएपछि परियारले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक अन्तर्वार्ता दिएका थिए ।

उक्त अन्तरर्वार्तापछि गायक परियार कन्ट्रोभर्सिमा तानिएका हुन् ।