Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु


273
Shares

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ जनाको समुहमा घाँस दाउरा लिन गएकी मगरलाई हातीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मगरलाई हातीले आक्रमण गरेपछि उनीसँगै जंगल पुगेका अरु भागेर ज्यान जोगाउन सफल भएका छन् ।