१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


थप ३ जनामा कोरोना संक्रमण


455
Shares

काठमाडौं । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२०३ जनाको पीसीआर र १६५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।