Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनु पर्छ : देउवा (पूर्णपाठसहित)


156
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताउनु भएकाे छ ।

उहाँले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने जाेड दिनुभयाे।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन एकजुट हुनुपर्ने बताउनु भयाे ।

सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाले जाेड दिनुभयाे ।