
काठमाडौं । आगामी असोजमा हुने साफ च्याम्पियनसिपको १३ औं संस्करण भारतको बेङ्गलोरमा आयोजना हुने तय भएको छ ।
साफ च्याम्पियनसिप यसअघि भारतमा आयोजना हुने भनिए पनि कुन शहरमा आयोजना गर्ने भन्ने तय हुन सकेको थिएन । प्रतियोगिता आगामी जुन २१ देखि जुलाई ३ तारिख (असोज ६ देखि १८ गतेसम्म) हुने भएकाे छ ।
प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रहरुको सहभागिता रहने गरेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेकाे छ ।
तर, अघिल्लो संस्करणमा भने थाेरै टिमको सहभागिताका कारण राउन्ड रोविनको आधारमा शीर्ष २ मा रहने टिमबीच फाइनल खेलाइएको थियो । यो पटक भने सबै ७ देशकै सहभागिता रहने निश्चित भएकाले दुई समूहमा नै विभाजन गरेर प्रतियोगिता खेलाइने एआईएफएफले जनाएको छ ।
भारतले चौंथो पटक साफ च्याम्पियनसिपको आयोजनाको अधिकार पाएको हो । १२ संस्करण मध्ये सर्वाधिक ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको भारत सर्वाधिक सफल टिम पनि हो ।
प्रतिक्रिया दिनुहोस्