Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


३१ वर्षपछि नेविसंघले सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको किल्ला भत्कायाे


3.3k
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुको शैक्षिक धरोहर वाणगंगा नगरपालिका-१ बुची सिद्धार्थ क्याम्पसमा ३१ वर्षपछि अनेरास्ववियुको किल्ला ढलेकाे छ।

सिद्धार्थ क्याम्पस जिल्लाकै सबै भन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा पर्दछ। २०४८ सालदेखि क्यामपसमा स्ववियु चुनाव जितेको अनेरास्ववियुले यस पटक हार व्यहोरेको छ। अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी हुनुभएकाे छ ।

थारुले ३ सय ७२ मत प्राप्त गर्नुभएकाे छ । खनालले ३ सय ४२ मत प्राप्त गर्नुभएकाे छ । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत) को समर्थन थियो । त्यस्तै अखिल क्रान्तिकारीे संयुक्त प्यानलका विष्णुबहादुर राउत विज्ञानले १ सय २० मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै, सचिवमा अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी, कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने, सदस्यतर्फ अनेरास्ववियुका हरिप्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् । नेविसंघबाट सुदन पोखरेल निर्वाचित हुँदा नेविसंघका प्रदीप भट्टराई, निशा थारु र अनेरास्ववियुका शेषकान्त मरासिनीको समान मत आएको छ ।

कुल ८ सय ४६ मत खसेको सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार सचिव गिरी र कोषाध्यक्ष न्यौपाने रहेका छन् ।