३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मुलुकको खस्कदो अर्थतन्त्रप्रति अर्थविद् पोखरेलको चिन्ता


299
Shares

काठमाडाैं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गर्नुभएको हो । उहाँले विकास खर्च र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रदै गएको उहाँको बुझाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहनुभएका अर्थविद् डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताउनुभयो । नेताहरुमा गम्भिरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दावी गर्नुभयो।

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम-कानून परिवर्तनकाे खाँचो रहेको बताउनुभयो ।