विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन गरेकाे छ ।
प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।
प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेको हाे ।
कोशी प्रदेशको नाम पुन:नामाकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको हाे ।





प्रतिक्रिया दिनुहोस्