२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


1.677k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यसअघि पुस २६ मा पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।