
दीपक घिमिरे (इमेज)
भैरहवा, असार ४ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ ।
अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि काम रोकिएको हो ।
स्थानीयले धावनमार्गमै जम्मा भएर प्रदर्शनमा उत्रेपछि विमानस्थल निर्माणको काम रोकिएको हो ।
नदीजन्य पदार्थ ‘डम्पिङ’ गरिएको ठाउँ धावनमार्गमा स्थानीयले अवरोध गर्दै आन्दोलन गरेका हुन् ।
नदीजन्य पदार्थबाट विमानस्थलको सम्पूर्ण काम हुने भएकाले नदीजन्य पदार्थ जम्मा भएको ठाउँमा गएर स्थानीयले टेन्ट टाँगेर बसेकाले काम हुन नसकेको हो ।
विमानस्थलले निर्माण आयोजनाले प्रतिबद्धताअनुसार मुआब्जा वितरण नगरेको, दिइएको रकममा पनि लाभकर लगाएकोलगायत विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले धावनमार्गमै अवरोध गरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रुपैयाँ रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउँदासम्ममात्र समस्या रहने बताए ।
धावनमार्गमा अवरोध भएपनि विमानस्थल निर्माणका अरु काम भने सन्चालन भइरहेको विमानस्थलले जनाएको छ ।
आयोजनाले रकम निर्धारण गरेको दुई महिनामा मुआब्जा वितरण गरिसक्ने आश्वासन दिएपनि एक वर्षभन्दा बढी हुँदा पनि नपाएपछि अवरोध गरिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्