Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न एम्बुलेन्समा पुगे सांसद आजाद


2.4k
Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर भोट हाल्न संसद् भवन ल्याइएको छ।

मधेश प्रदेशमा जसपाका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको संसद सचिवालयले पुष्टि गरेकाे छ ।

राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो। अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो।