Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरकाे क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनुभएकाे छ ।

उहाँले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभएकाे हाे ।

विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई शुक्रबार सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिंदै प्रधानमन्त्री दाहालले विजेता खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीब्र गतिमा काम अघि बढाइरहेको पनि बताउनुभयो ।