२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


उपराष्ट्रपति निर्वाचनको रौनक : सांसदहरू मतदानका लागि लाइनमा (तस्विरहरू)


858
Shares

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएकोमा मतदानमा उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले पहिलो मत खसाल्नु भएको छ । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउनु हुनेछैन । उहाँहरु आफूलाई मत माग्न निर्वाचन स्थलमा रहनुभएको छ ।

त्यसपछि अन्य सांसदहरूले मतदान गरिरहनु भएको छ ।

मतदान गर्न प्रदेश तथा संघीय सांसदहरू लाइनमा बसेका छन् ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । संघीय संसदका सांसद र प्रदेश सभाका सांसदहरूलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।

निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।