३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा


533
Shares

एजेन्सी । लिभरपुललाई हराउँदै रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो ।

आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरे ।

उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।