२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रवेश कटुवाल सहायक प्रशिक्षकमा नियुक्त


429
Shares

काठमाडौं । ‘ए’ डिभिजन क्लब मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडीको रुपमा मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए । उनले झापा ११ बाट राष्ट्रिय लिग पनि खेले ।

कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरेका थिए । कटुवालले मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन बनाएका थिए ।

एन्फाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई यसअघि नै नियुक्त गरिसकेको छ ।