२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024


हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु


195
Shares

हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा मंगलबारदेखि राष्ट्रिय स्तरको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ ।

नेपालको २६ वटा जिल्लाबाट ३७ वटा बक्सिङ क्लबहरुको २५ जना महिलाहरु र १२७ जना पुरुषहरुगरी १५२ जना खेलाडीले प्रतियोगितामा भाग लिएका छन् ।

पुरुष तर्फ ४८ केजी देखि ७५ केजी सम्म बिभिन्न तौलमा खेल हुने छन् भने महिला तर्फ ४८ केजी देखि ६६ केजी सम्म बिभिन्न तौलमा खेल हुने छन् । सो बक्सिङ प्रतियोगिता चैत्रको ४ गते चल्ने छ ।

सो बक्सिङ प्रतियोगिताको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बक्सिङ ग्लोभ हस्तान्तरण गरि उदघाटन गर्नुहुदै संघीय संरचनामा देशगएपछि बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको र खेलकुदको पूर्वाधारहरु निर्माण र खेलकुद प्रतियोगीता आयोजनामा लगानी वृद्धि भाइरहेको बताउनुभएको छ ।

सो अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले विद्यालय तहदेखि नै बक्सिङ खेलाडी उत्पादन गर्ने कार्ययोजना संघले बनाइरहेको र बक्सिंगको लागी राष्ट्रिय स्तरको तालिम केन्द्र निर्माण गर्न योजना बनाइरहेको जानकारी दिनुभयो ।

बक्सिङ प्रतियोगिता आयोजना गर्न प्रदेस सरकारले आर्थिक सहयोग गरेको छ ।