१९ जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025


सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन


117
Shares

काठमाडौं । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ ।

निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो ।

सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतिपय कर्मचारीको सुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो ।

यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुनेछ ।