Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु हुन सकेन


0
Shares

काठमाडौं, भदौ १६ । एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत शनिबार बिहान हुन लागेको नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।

प्रतियोगितामा नेपालले तेस्रो खेल आयोजक मलेशियासँग खेल्न लागेको हो । दुई खेलमा पराजय भोगेको नेपाल अहिलेसम्म अंकविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा युएइसँग ७८ रनले पराजित भएको थियो ।

हङकङलाई तीन विकेटले हराएको मलेसियाले भने दुई अंक जोडेको छ । 

६ राष्ट्र सहभागी प्रतियोगितामा युएई चार अंकसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक÷एक खेलमा विजयी हङकङ र मलेशिया दुई/दुई अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ । छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।