Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


नेपालका अनुगमनकारी निकायहरू कमजोर भएः पूर्वमन्त्री शाह


65
Shares

काठमाडाैं । पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महसुस भइरहेको बताउनुभयो । उहाँले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकुल बनाउँदै लैजानुपर्नै बताउनुभयो । उहाँले सेवाको गुणस्तरलाई विस्तार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरी विकट स्थानका नागरिकहरुले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भूमिका खेलिरहेको बताउनुभयो । उहाँले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताउनुभयो ।

निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरुलाई सुसूचित गराउने, शिक्षित बनाउने र छनोटको अधिकार दिलाउने कामहरु गर्दै आएको बताउनुभयो ।