Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


सबै सञ्चारमाध्यमबाट मदिराका विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्ड आग्रह


104
Shares

काठमाडौं । विज्ञापन बोर्डले सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन आग्रह गरेको छ ।

बोर्डले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन आग्रह गरेकाे हो ।

प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, बोर्डले भनेको छ ।