Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्छौं : नरेश कटुवाल


3.1k
Shares

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।

आइतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाविरुद्ध आफूहरुले आन्दोलन गरेको स्पष्ट पार्नुभयो ।

कटुवालले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर बृहत आन्दोलन गरेको थियौं । हामीले धेरै संघहरु बोलाएर आन्दोलन गरेका थियौं । तर सरकारले बोलाएर छलफल गरेन । त्यसैले पुनः आन्दोलन गरेका थियौं । तरपनि सरकारले ध्यान नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीविरुद्ध हामीले आन्दोलन गरेका हौं ।’

उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।