
काठमाडौं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए ।
बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उनी बिहीबार काठमाडौं आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्