Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


केन्द्रीय मानन्धर संघको ७० औं स्थापना दिवस विभिन्न कार्यक्रम मनाइयाे


325
Shares

काठमाडाैं । केन्द्रीय मानन्धर संघको ७० औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सामुदायिक तर्फको अग्रणी संस्था मानन्धर संघको स्थापना वि.स. २०१० माघ १० गते भएको थियो ।

संघले फागुन २७ गते शनिबार दोलखा, रामेछाप, काभ्रे, वीरगन्ज, पाल्पा, मकवानपुरदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सघन बसोबास गर्दै गएका मानन्धरहरूलाई सहभागी गराएर बृहत् नेवाः भ्वय् पनि सम्पन्न गरेको थियो ।

स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको उपलक्ष्यमा धेरै वर्ष पहिलेदेखि फागु पूर्णिमाबाट पछाडिको शनिबार नियमित रूपमा स्वयम्भूको भुइख्यःमा बृहत् नेवाः भ्वय् कार्यक्रम हुँदै आएको छ ।

कार्यक्रममा समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, नव विवाहित जोडी तथा विभिन्न संकायमा विद्यावारिधी गरेकादेखि एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मानित गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, दोलखा भिमेश्वर नगरपालिकाका प्रमुख, हरिनास गाउँपालिकाका अध्यक्षदेखि रामेछाप, काभ्रे, दक्षिणकाली, शंखरापुर, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू सहभागी थिए ।

संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।