Logo ३० पुस २०८२, बुधबार | Thu Jan 15 2026


जसपाबाट उपराष्ट्रपतिमा प्रमिला यादवकाे पनि उम्मेदवारी दर्ता


390
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।

यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन । जसपाबाट यसअघि नै बारा २ बाट प्रतिनिधिसभा सदस्य जितेका रामसहाय यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसक्नु भएकाे छ ।