Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


न्यू स्टार फाइनलमा, आत्मघाती गोलपछि चर्च ब्वाइजको सपना चकनाचुर


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, भदौ १५ । न्यू स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता चर्च ब्वाइज काठमाडौंलाई २–१ ले पराजित गर्दै न्यू स्टार फाइनलमा पुगेको हो ।

मध्यान्तरअघि लिएको अग्रतालाई जोगाउन नसक्दा चर्च ब्वाइजको यात्रा सेमिफाइनलमै सीमित बन्यो ।

खेलको ३८औं मिनेटमा चर्च ब्वाइजका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ४७औं मिनेटमा चर्च ब्वाइजका कप्तान रमेश दंगालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

बराबरीपछि निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ९३औं मिनेटमा न्यू स्टारका सनम राईले फ्रिकिकमार्फत् आकर्षक गोल गर्दै आफ्नो टिमलाई उपाधिनजिक पुर्‍याए ।

प्रतियोगिताको उपाधिका लागि शनिबार हुने फाइनल खेलमा न्यू स्टारले झापाकै रेडस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेडस्टार फाइनलमा पुगिसकेको छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको भानुजन माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यही भदौ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतकासमेत गरी १० टिम सहभागी थिए ।