
विराटनगर, भदौ १५ । प्रदेश नम्बर–१ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकैदिन चारजनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा उदयपुर, त्रिजुगा नगरपालिका–१, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ, फुङ्लिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी, इटहरी उपमहानगरपलिका–८, भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३, सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भदौ १४ गते आ–आफ्नै घरमा झुन्डी मृतावस्थामा उनीहरु फेलापरेका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्