१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


यात्रु बोकेर गुडिरहेको सुमोमा लाग्यो आगो


13.377k
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको यात्रुवाहक सुमो गाडीमा आगो लागेको छ ।

प्रहरीका अनुसार सुमो गाडीको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो । उक्त सुमोमा ९ जना यात्रु सवार थिए ।

आज दिउँसो १ बजेको समयमा लागेको आगोका कारण काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना१ज ८८८२ नम्बरको सुमो जलेर पूर्ण क्षति भएको छ ।

यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले सुमोमा भएका यात्रु र सामान निकाल्न सफल भएको छ ।