३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


लेनिन विष्टद्वारा सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, भदौ १५ । थाइल्यान्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानुनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

गृह मन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाइ शुक्रबार विष्टले दायर गरेको रिट निवेदनमा थाइल्यान्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानुनविपरीत जानबाट रोक लगाएको उल्लेख छ ।

विष्टमाथि पूर्वबाललडाकू संगठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैं विदेश जान लागेको आरोप छ । रासस