३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


राहुल गान्धी काठमाडौंमा


0
Shares

काठमाडौं, भदौ १५ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् ।

गान्धी नयाँदिल्लीबाट शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनी चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित कैलाश मानसरोवर यात्राका लागि काठमाडौं आएका हुन् ।

उनी शुक्रबार काठमाडौंमा रहेर शनिबार नेपालगन्ज हुँदै मानसरोवर यात्रामा जाने जनाइएको छ ।

अध्यक्ष गान्धीको यात्रा १२ दिनको हुने भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेकै बेला भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष एवं विपक्षी दलका नेता राहुल गान्धी पनि काठमाडौं आएका हुन् ।