Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


राष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीलगायत शीर्ष नेताले गरे मतदान (तस्विरहरु)


403
Shares

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।

संघीय संसद भवन बानेश्वर पुगेर शीर्ष नेताहरूले पनि मतदान गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले मतदान गर्नु भएको छ ।

मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसाल्नु भएको थियो । त्यसपछि मात्र सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभयो ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेस नेता पौडेल र नेकपा (एमाले) बाट नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न बिहीबार मतदान सुरू भएको हो ।