Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मतदाताले मोबाइल लैजान नपाउने


130
Shares

काठमाडौं । बिहीबार हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुले मतदानस्थलमा मोबाइल लैजान नपाउने भएका छन् ।

निर्वाचन आयोगले यदि मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत गर्ने र कसुर गरेको ठानी कारबाही गर्ने जनाएको छ ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेल भन्नुहुन्छ, ‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ ।’

मतदान स्थलभित्र मोबाइलका साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि सामान लैजान नपाईने उहाँले बताउनुभयो ।

राष्ट्रपतिमा गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।