
काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बिहीबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बिहान बोलाइएको छ ।
रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् ।
बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्