Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


उपसभामुखको टोली खुम्बु क्षेत्रको पदयात्रामा


169
Shares

काठामाडौं । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने भन्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खुम्जुङ क्षेत्रका महिलाहरुमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने गरी टोली खुम्बु क्षेत्रमा पुगेको हो ।

पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. विमला पौड्याल राई, अभियान्ताहरू शरु श्रेष्ठ, यमुना घले, कृषि मन्त्रालयका सह सचिव सवनम शिवाकोटी, जलवायुविज्ञ डा. माधव कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायत रहेका छन् ।

जलवायु परिवर्तनले हिउँ नपर्ने तथा हिउँ पग्लिएर हिमालहरु उजाड हुने क्रम बढ्दा त्यस क्षेत्रमा बसोबास गर्ने महिलाहरुको जीवनमा परेको असरबारे अध्ययन गरिने बताइएको छ ।