
ललितपुर, भदौ १३ । म्यानमारकी प्रथम महिला चो चोले शुक्रबार पाटन दरबार क्षेत्र भ्रमण गरेकी छन् ।
बिहान ११ बजे पुगेकी उनी झन्डै एक घन्टा पाटन क्षेत्रमा रहेकी थिइन् ।
चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।
चोले पाटन संग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।
उनले संग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गइ त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाकाबारेमा चासो राखेको प्याकुरेलले बताए ।
उनले भने–‘विशेष गरेर यहाँका झाँकीमा उहाँले चासो देखाउनुभएको छ ।’
हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका लागि उनी नेपाल आएकी हुन् । रासस
प्रतिक्रिया दिनुहोस्