२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पाल्पामा शहीद सप्ताह मनाइयो


325
Shares

पाल्पा । पाल्पामा शहीद परिवारलाई सम्मान गरि शहीद सप्ताह मनाइएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

एक पालिका एक कार्यक्रम अन्र्तरगत जिल्लाका दश वटै पालिकामा सप्ताहव्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरेर ५० भन्दा बढी शहिद परिवारलाई सम्मान गरिएको छ ।

मुलुकको परिवर्तनको निम्ती बलिदानी दिएका शहिदको सम्झनामा सप्ताहव्यापी कार्यक्रम गरिएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताउनुभयो ।

मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहीद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको उहाँको भनाई छ ।

यस्तै, शहिद परिवारका सदस्य लक्ष्मण रसाईलीले मुलुकको नेतृत्वमा पुगेर सत्ताबागडोर सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको भावना विपरित काम गरेको आरोप लगाउनुभयो ।