Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


१० लाखको मोबाइल बरामद


429
Shares

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।

भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयाे ।

बरामद भएको मोबाइलमा प्रतिपिस १७हजार पर्ने ‘स्मार्ट–सेभन’ ११ थान र प्रतिपिस ३५ हजार पर्ने ‘पोको एम–फोर प्रो’ मोबाइल २५ थान रहेका छन् ।

बरामदभएको मोबाइललाई आवश्यककारबाहीकालागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । कारोबारमा संलग्नमोटरसाइकल र व्यक्तिभने प्रहरीलाई देख्ने वित्तिकै फरार भएको सूचनाअधिकारी पाण्डेले बताउनुभयाे ।