१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


शहीद स्मारक ए डिभिजन लिग : सातदोबाटोको विजयी शुरुवात


442
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् ।

त्यस्तै, आइतबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले जत हासिल गरेको छ । सातदोबटोले न्यूरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो ।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए ।

८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ । अहिले दशरथ रंगशालामा मछिन्द्र र जावलाखेल क्लबबीच खेल भइरहेको छ । खेलको पहिलो हाफमा मछिन्द्र क्लबले १—० को अग्रता लिएको छ । खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।