Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


बस ‘ब्याक’ गर्दा किचेर एक जनाको मृत्यु


5.2k
Shares

बारा । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो ।

आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा उनलाई किचेको थियो ।

बसले किच्दा घाइते भएका मियालाई सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जको गण्डक हेल्थकेयर अस्पतालमा लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बस चालक सिरहाका ४२ वर्षीय ललन कुमार दास र बसलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।