
काठमाडौं, भदौ १५ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ ।
शुक्रबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किएकी छन् ।
उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति विन मिन्ट पनि शुक्रबारै स्वदेश फर्कदैछन् ।
यस्तै, भुटानको अन्तरिम सरकार सल्लहाकार छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार स्वदेश फर्कने क्रार्यक्रम छ ।
त्यसैगरी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार लुम्बिनी जाने र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्