१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


बंगलादेशका गोलाम सरवार सार्कको नयाँ महासचिव


273
Shares

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् ।

सार्क महासचिव रहेका श्रीलंकाका इसाला रुवान विराकुनको पदावधि यही फागुन १७ गते सकिएपछि बंगलादेशका सरवार सार्क महासचिव बन्न लागेका हुन । उनी हाल मलेसियामा बंगलादेशी राजदूत रहेका छन् ।

सार्क राष्ट्रहरुबीच पालैपालो महासचिव बन्ने प्रचलन अनुसार श्रीलंकापछि अफगानिस्तानबाट सार्कको महासचिव बन्नु पर्ने थियो । तर, त्यहाँको सार्क सदस्य राष्ट्रहरुले तालिबान सरकारलाई मान्यता नदिएकाले बंगलादेशले अवसर पाएको हो ।

सार्क विदेश मन्त्रीहरुको बैठकबाट महासचिवको उम्मेदवार अनुमोदन हुनुपर्नेमा विदेशमन्त्री स्तरीय बैठक समेत बस्न नसके पछि नेपालले पत्राचार गरी बंगलादेशी नागरिक सरवारको नाममा सहमति जुटाएको हो ।