Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


होलीको अवसरमा ईमेज च्यानलले ‘होली विशेष’ कार्यक्रम गर्दै


3.5k
Shares

काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले सोमबार ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो । काठमाडौंको त्रिदेवीमार्ग ठमेलमा (कर्मचारी सञ्चयकोष भवन अगाडि) आयोजना गरिने सो कार्यक्रममा इन्दिरा जोशी, राजेश पायल राई,धिरज राई, शिव परियार, दिपक लिम्बु, कमल खत्री, टिका प्रसाईं, मेलिना मैनाली, विश्व नेपाली, आशिष सचिनलगायतको सांगितिक प्रस्तुती रहने छ ।

होली कार्यक्रम सोमबार बिहान १० बजेदेखि साँझसम्म हुनेछ । सो कार्यक्रमको ईमेज च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने छ । होली विशेष कार्यक्रममा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । ईमेज हाेली विशेष कार्यक्रममा काठमाडाैं महानगरपालिका वडा नम्बर २६ र ठमेल पर्यटन विकास परिषदकाे पनि सहभागिता रहनेछ ।

ईमेज च्यानलले गत वर्ष पनि काठमाडौंको त्रिदेवीमार्ग ठमेलमा (कर्मचारी सञ्चयकोष भवन अगाडि) नै ‘होली विशेष’ कार्यक्रम गरेको थियो ।