
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लाजियोले शीर्ष स्थानको नापोलीलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा लाजियोले नापोलीलाई १–० ले हराएको हो ।
लाजियोका मेटिएस भेसिनोले ६७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको लाजियोको ४८ अंक छ । नापोली ६५ अंक जोडेर शीर्ष स्थानमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्